गौतम बुद्ध विमानस्थलबाट तत्काल अनिवार्य व्यावसायिक उडान नहुने

गौतम बुद्ध विमानस्थलबाट तत्काल अनिवार्य व्यावसायिक उडान नहुने


ग्लोब नेपाल
0
Shares

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अनिवार्य व्यावसायिक उडान नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको हो । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ । गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत रहने बताए ।