सन् २०२२ मा ६ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२२ मा ६ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपालमा सन् २०२२ मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमणका लागि आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, बङ्गलादेश लगायत पाँच मुलुकबाट धेरै पर्यटक आएका छन् ।

सबैभन्दा धेरै पर्यटक भने छिमेकी मुलुक भारतबाट आएका छन् । बोर्डका अनुसार भारतबाट मात्र २ लाख ९ हजार १ सय ५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसैगरी अमेरिका, बेलायत, अष्ट्रेलिया, बंगलादेश लगायतबाट क्रमशः ७७ हजार ९, ४४ हजार ७ सय ८१, २६ हजार ८ सय ७४, २५ हजार ३ सय ८४ नेपाल भ्रमण गरेका छन् ।