यूनाइटेड इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव स्वीकृत

यूनाइटेड इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव स्वीकृत


ग्लोब नेपाल
189
Shares

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारण सभा २७ पौष, २०७९ मा शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्याे । आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एमजिएस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु ५,१४,०८,०००/– बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम रु २७,०५,६८,४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेकाे छ । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरेकाे छ ।

कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ ।

कम्पनीले पौष ४ गते सम्ममा रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।