सिमसार दिवसः जल पूजा होस्

सिमसार दिवसः जल पूजा होस्



हिलोको मूल्य सोध
नेपालको प्रतिक गैंडालाई
पुर्खाले जोगाएका अर्नालाई
बराह अवतार बंदेललाई
सुन्दर सुगन्धित कमलका फुलहरुलाई
मगमग बसाउने धानलाई

पानीको मूल्य सोध,
पानीमा रमाउने पाटे बाघलाई
किनारामा खुशी गोहीलाई
नाचिरहेको डल्फिनलाई
असंख्य जलचरलाई

सिमसारको मूल्य सोध,
त्यहाँको अमूल्य उत्पादनलाई
निःशुल्क प्राप्त कार्बनरहित बातावरणीय सेवालाई
हरेक रोगको अचुक ओखती जडिबुटीलाई
प्राकृतिक फिल्टर शुद्ध पिउने जललाई
त्यहाँ आश्रित सुखी खुशी आदिवासी समुदायलाई

पृथ्बीको मृगौला सिमसार बचाऔं
प्राकृतिक फिल्टर पानीको पूजा रक्षा गरौं
कार्बन संचिति भण्डार जल जंगल जोगाऔं

फोटोः सुदीप केसी