सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द भारतको सर्वोच्च अदालतले सच्‍याउने

सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द भारतको सर्वोच्च अदालतले सच्‍याउने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ ।

आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका नागरिक भनेको थियो । सर्वोच्चको फैसलाविरूद्ध सिक्किममा पछिल्लो समय आन्दोलन चर्किएको थियो ।

सिक्किम राज्य सरकारले नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट हालेको थियो । रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको छ ।

फैसललामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो ।

अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।