काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का अध्यक्ष महन्थबीच बालकोटमा संवाद भइरहेकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर बालकोट लगेका हुन् ।
संसदबाट बाहिर निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिएका ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरे । उनले भने, ‘हामीले जो भन्छौं, उही हुन्छ ।’
प्रतिक्रिया