काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला राष्ट्रपतिको प्रस्ताव लिएर अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।
मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरसहित वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया