महन्थलाई राष्ट्रपति बनाउन कांग्रेससमक्ष लोसपाको आग्रह

महन्थलाई राष्ट्रपति बनाउन कांग्रेससमक्ष लोसपाको आग्रह



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग लोसपाका नेताहरूले राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाका नेताहरूले प्रस्ताव गरेका हुन् ।

मुलुकको परिस्थितिलाई विचार गरेर राष्ट्रपति सहमतिका आधारमा बनाउनुपर्ने र उचित पात्र ठाकुर भएको लोसपाको भनाइ छ ।

सो छलफलका क्रममा सभापति देउवाले सहमतिका लागि ठाकुर उपयुक्त पात्र भए पनि राष्ट्रपतिका विषयमा कांग्रेसभित्र निर्णायक छलफल नभएको बताएका छन् ।

लोसपा नेताले यसअघि प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग भेटेर राष्ट्रपतिमा ठाकुरलाई सर्वसम्मत गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन १३ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि नेताहरू छलफलमा जुटेका छन् ।