माओवादीले कांग्रेस, एस र जसपासँग छट्टाछट्टै छलफल गर्दै

माओवादीले कांग्रेस, एस र जसपासँग छट्टाछट्टै छलफल गर्दै



काठमाडौं । राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन आज नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपासँग छलफल गर्ने भएको छ । तीन दलका शीर्ष नेताहरुसँग माओवादीले छट्टाछट्टै छलफलपछि आजै साझ पुरानै पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने जनाइएको छ ।

नयाँ सरकारको सत्ता गठबन्धनसँगको सहमति छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि पुरानै गठबन्धन कायम राख्ने निर्णय गरेका छन् । बुधबार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पुरानो सत्तागठबन्धन ब्युँताउने सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

हिजोको छलफलको आधारमा आज माओवादीले बिहीबार निर्णायक छलफल गर्न लागेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटेन भने अधिकतम सहमति जहाँनेर जुट्छ त्यहाँ जाने माओवादीले प्रष्ट पारेको छ ।

यसैबीच प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा छलफल जारी छ ।