तेह्रथुमकाे चुहानडाँडामा भीषण आगलागी, १४ घर जलेर नष्ट

तेह्रथुमकाे चुहानडाँडामा भीषण आगलागी, १४ घर जलेर नष्ट



काठमाडौं । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भइरहेको हो । आगलागीबाट १४ घर जलेर नष्ट भइसकेका छन् ।

आगलागीबाट धेरै क्षति भएको प्रहरीको अनुमान रहेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ ।

आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।

आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।