सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेकाे छ । केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको एक नेताले बताएका छन् । नागरिक उन्मुक्तिको यो निर्णयसँगै मुख्यमन्त्री कमलबहादुर शाहले बहुमतसहित विश्वासको मत पाउने पक्का भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।