बैंकिङ क्षेत्रको समस्या समाधान गर्न गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्रीले गरे छलफल

बैंकिङ क्षेत्रको समस्या समाधान गर्न गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्रीले गरे छलफल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पहल थालेका छन् । प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका हुन् ।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरका विषयमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले पहल थालेका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले मारमा पारेको भन्दै ऋणीहरूले लघुवित्त खारेजीसम्मको माग गरेका छन् ।

छलफलमा मुख्यसचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मालगायत व्यक्ति सहभागी थिए ।