दोलखामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते, ७ को अवस्था गम्भीर

दोलखामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते, ७ को अवस्था गम्भीर



दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

बैतेश्वरको वडा ६ स्थित डाँडागाउँमा दिउँसो साढे १२ तिर दुर्घटना भएको हाे । दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

दुर्घटना परेका सबैलाई भर्खरै यहाँको अस्पताल ल्याएको छ ।

दुर्घटनामा बोलेरो चालक बैतेश्वरका लीलाबहादुर दाहाल पनि घाइते भएका छन् । नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।