क्यालिफोर्नियाको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

क्यालिफोर्नियाको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना, ८ जनाको मृत्यु



अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागो भन्ने स्थानमा दुईवटा डुंगा पल्टिंदा भएको दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

स्यान डियागोको ब्लाक बिचमा डुंगामा समस्या आएको खबरपछि खोजी कार्य शुरु गरिएको आपतकालिन सेवाले जनाएको छ । दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरु मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।

खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । डुंगामा सवार नागरिकहरु कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । तर ती सबैजना वयस्कहरु भएको बताइएको छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरु भेटिएको थियो ।

घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन । घटनास्थलबाट उद्धारकर्ताहरूले कसैलाई पनि जीवित फेला पार्न सकेनन् । तर आपतकालीन सेवाहरू आइपुग्नु अघि नै केही मानिसहरुले समुद्र तट छोडेको हुन सक्ने अनुमान गरेका छन् ।