सेयर बजारमा दोहोरो अंकको ओरालो

सेयर बजारमा दोहोरो अंकको ओरालो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ । 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ ।
यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो । 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआइसि एसिया शीर्ष स्थानमा छ । यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।