उपराष्ट्रपति निर्वाचन :सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति निर्वाचन :सभापति देउवाले गरे मतदान



काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।