१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन



काठमाडौं । देशभर भइरहेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।

पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ ।

आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरुले साँझबाटै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् ।