त्रिविको स्ववियु सभापतिमा नेविसंघ विजयी

त्रिविको स्ववियु सभापतिमा नेविसंघ विजयी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।

ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।