शहिद आदर्श क्याम्पस रामपुरमा नेविसंघको प्यानल नै विजयी

शहिद आदर्श क्याम्पस रामपुरमा नेविसंघको प्यानल नै विजयी


ग्लोब नेपाल
216
Shares

ओखलढुङ्गा । शहिद आदर्श क्याम्पस बरुणेश्वर रामपुरमा भएको स्ववियू चुनाबमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानल नै विजयी भएको छ । स्ववियू निर्वाचन अन्तर्गत आइतबार शहिद आदर्श क्याम्पस रामपुरमा भएको निर्वाचनको मतगणनाबाट सार्वजनिक भएको मतपरिणाम अनुसार नेविसंघका सुरेश धमलाले १०७ मतका साथ प्यानल नै विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूकी जुनु कार्कीले १०६ मत पाएकी छन् भने ६ मत बदर भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासीहरुमा कडा प्रतिष्पर्धा भएपनि अन्य सदस्यहरुमा केहि मतको अन्तर भएको थियो । क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानल रहेको थियो भने कांग्रेस निकट नेविसंघ एकल प्रतिष्पर्धामा उत्रिएको थियो ।