छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन : प्रधानमन्त्री

छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उनले भने ।

प्रधानमन्त्री दाहालले अहिले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेस गर्ने प्रावधान छ ।

आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने मात्र कार्यसूची छ ।