देशका केही स्थानमा अहिले वर्षा, काठमाडौंमा अब दुई घण्टा पानी पर्ने सम्भावना

देशका केही स्थानमा अहिले वर्षा, काठमाडौंमा अब दुई घण्टा पानी पर्ने सम्भावना



काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेकका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानले जानकारी दिए ।

काठमाडौंमा अबको करिब दुई घण्टा वर्षा हुन सक्ने उनले बताए ।

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उनका अनुसार भोलि पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । भोलि असिनासहितको वर्षा हुन सक्ने उनले बताए ।