मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि कांग्रेस नेताहरु बालुवाटारमा

मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि कांग्रेस नेताहरु बालुवाटारमा



काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।

प्रचण्डले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि हालसम्म ठोस सहमति भइसकेको छैन । यसअघि बुधबार पनि प्रचण्डले गठबन्धनमा छलफल गरेका थिए ।