सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन माओवादी बैठकको सुझाव

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन माओवादी बैठकको सुझाव


ग्लोब नेपाल
486
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन सुझाव दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

“एउटा संसद्लाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसद्लाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याबिनेटको विस्तार बढीमा पर्सिसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुआत गर्ने भन्ने बारेमा छलफल भयो,” उनले भने, “तेस्रो चाहिँ सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो । गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो ।”