सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने 

सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने 



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।