मन्त्रीको नाम टुंगो लगाउन दलहरुको बैठक बस्दै

मन्त्रीको नाम टुंगो लगाउन दलहरुको बैठक बस्दै


ग्लोब नेपाल
324
Shares

काठमाडौं । सत्ता साझेदार दलबीच मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्ता साझेदार दलहरुको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउदै आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो ।

सत्ता गठबन्धनमा रहेका दलहरु मध्य जनमोर्चाबाहेक सबै दल सरकारमा जाने बताउदै जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए । बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

बैठकमा मन्त्रालयको बाँडफाँडमा सहमति भए पनि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषय पनि आजै टुंगो लाग्ने नेता श्रेष्ठले बताए । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छुंगो लगाउन दलहरुले आज आ-आफ्नो दलका बैठक राखेका छन् ।

यसैबीच सरकारको न्यूनतम साझा कार्यक्रम पनि चाँडै सार्वजनिक गरिने भएको छ । नेता श्रेष्ठका अनुसार राजनीतिक दलका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममाथि लिखित र मौखिक सुझाव आएको छ । सुझाव अध्ययनपछि साझा कार्यक्रम सार्वजनिक हुने उनले जानकारी दिए ।