कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १० बजे


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने  बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान १० बजे बस्ने भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलबारका लागि बोलाईएको बैठक दुई दिनपछि बिहीबारका लागि सारिएको हो ।