काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटा क्षेत्रका उम्मेदवारलाई टिकट दिएको छ। शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो। वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचाै भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् ।


प्रतिक्रिया