भीम रावलसँग वार कि पार गर्न एमालेले बनायाे पौडेलकाे नेतृत्वमा वार्ता समिति

भीम रावलसँग वार कि पार गर्न एमालेले बनायाे पौडेलकाे नेतृत्वमा वार्ता समिति


ग्लोब नेपाल
918
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली बनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

पार्टीको विधि र विधानविपरीत पूर्वउपाध्यक्ष समेत रहनु रावल चलेकाले सो सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नुपरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।