बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।

बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् ।

लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । प्रवक्ता महतका अनुसार तनुहँ १ र चितवन २ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन गरेको हाे ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चितवन–२ र तनहुँ– १ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा लगायतका दलको समर्थन रहने कांग्रेसले विश्वासले व्यक्त गरेको छ ।