सांसद डाँगीको प्रश्न : म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?

सांसद डाँगीको प्रश्न : म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास, संसद् भवन लगायतका स्थानलाई आत्मनिर्भर क्षेत्र घोषणा गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले स्याम्पू, मोबाइलदेखि चामलसम्म विदेशबाट आयात गर्नुपरेको भन्दै स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बताइन् ।

सांसद डाँगीले संसद्मा आफू बसिरहेको कुर्सी, सभामुख र प्रधामन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ? भन्दै प्रश्न गरिन् ।

“म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ?,” उनले भनिन्,“ कुर्सीका लागि जुन झगडा हुने गरेको प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो ? सिंहदरबार, बालुवाटार, शीतल निवास र यो क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं ।”

आन्तरिक उत्पादन बढाउने नीति अंकमा देखिने गरी किन लागू नभएको हो समीक्षा गरी सुधार हुने गरी नीति बनाउने गरी छलफल चलाउन सरकारको ध्यानाकर्षण गरेकी छन् ।