जीतनारायणको उम्मेदवारी दर्ता गर्न विश्वप्रकाश र डिना चितवनमा

जीतनारायणको उम्मेदवारी दर्ता गर्न विश्वप्रकाश र डिना चितवनमा



चितवन । सत्ता गठबन्धनको तर्फबाट चितवन– २ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको उम्मेदवारी मनोनयनका लागि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू चितवन पुगेका छन् ।

दिउँसो १ बजे चौबीसकोठीमा भेला भएर उम्मेदवारी मनोनयन गर्न जाने कार्यक्रम छ । महामन्त्री विश्वप्रकाश शर्मासहित सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना पनि चितवन पुगेकी छिन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले पनि केहीबेरमा उम्मेदवारी मनोनयन दर्ता गराउँदैछन् ।

चौबीसकोठीमा भेला भएर उम्मेदवारी दर्ता गर्न जान लागिएको उम्मेदवार श्रेष्ठले जानकारी दिए ।