कांग्रेस बदल्न यहीँभित्र लड्नुपर्छ : गगन थापा

कांग्रेस बदल्न यहीँभित्र लड्नुपर्छ : गगन थापा



तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन् ।

उपनिर्वाचनमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताए ।

उनले भने, ‘कांग्रेस बदल्न चाहन्छौं, बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो संघर्ष गर्ने हो ।’

हालै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा नै उम्मेदवार बनेका छन् । उनीप्रति लक्षित गर्दै थापाले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’