रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन : रवि

रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन : रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताए । ६ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’

चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरेका छन् ।

सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको, जनताको काम गरेको उनले बताए । ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’