रास्वपाले भोलि तनहुँका दुई ठाउँमा आमसभा गर्दै

रास्वपाले भोलि तनहुँका दुई ठाउँमा आमसभा गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि तनहुँका दुई ठाउँमा चुनावी आमसभा गर्ने भएको छ । रास्वपाले आँबुखैरेनी बजार बिहान ११ बजे र देवघाटमा दिउँसो ३ बजे आमसभा गर्न लागेको हो ।

आमसभामा उपनिर्वाचनमा उठेका तीनजना उमेदवार सहभागी हुने तय भएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाबाट चितवन–२ मा रवि लामिछाने, बारा–२ रमेश खरेल र तनहुँ–१ मा स्वर्णिम वाग्ले उमेदवार छन् ।