कांग्रेसका साउद तेस्रोपल्ट बने मन्त्री

कांग्रेसका साउद तेस्रोपल्ट बने मन्त्री



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद पराष्ट्रमन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए ।

पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५६ मा कञ्चनपुरबाट निर्वाचित उनी शिक्षा राज्यमन्त्री बने ।

०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेपछि साउद केन्द्रीय सदस्य भए । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उनले केन्द्रीय सदस्य पद नै पाएका थिए । त्यसयताका महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

०६४ मा निर्वाचन हारे । ०७० को निर्वाचनमा जितेका साउद सिँचाइमन्त्री बनेका थिए । ०७४ मा निर्वाचन हारे । ०७९ मा आमनिर्वाचनमा विजयी उनी परराष्ट्रमन्त्री बन्न सफल भएका हुन् ।