हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा

हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

विज्ञप्ति :