तनहुँमा स्वर्णिमलाई ९ हजार ३४९ मतको अग्रता

तनहुँमा स्वर्णिमलाई ९ हजार ३४९ मतको अग्रता



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार भट्टराई वाग्लेभन्दा ९ हजार ३४९ मतले पछि परेका छन् ।

त्यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत प्राप्त गरेका छन् ।