बारा २ मा यादवकाे अग्रता कायमै

बारा २ मा यादवकाे अग्रता कायमै



बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मंगलबार जारी मतगणनाको पछिल्लो अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५९८० मत पाएका छन् ।

हालसम्म ३७२६३ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत र रास्वपाका रमेश खरेलले २ हजार ११९ मत पाएका छन् ।