शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर

शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर



बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

यादवले १८ हजार ८०८ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १५ हजार ४५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् । उनको पाँच हजार ५६३ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जम्मा दुई हजार २६८ मत छ । आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।