सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय



काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले काठमाडौं–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुंग्याउने निर्णय गरेको छ ।

त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिए ।