५० हजार मत गन्दा उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र

५० हजार मत गन्दा उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र



बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर निरन्तर घटाउँदै लगेका छन् ।

५० हजार १६१ मत गनिसक्दा यादवले २० हजार ४६३ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७ हजार ७९७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार ६६६ छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् । उनको ६ हजार १२१ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको दुई हजार ४६६ मत छ । आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १७७ मत पाएका छन् ।