उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुक प्रयोग गरियो : सीके राउत

उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुक प्रयोग गरियो : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुकको बल प्रयोग भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले सत्ताकव लाठी र बन्दुकको बलमा मतदातालाई घरबाट बाहिर निस्कन नदिइएको बताए ।

‘नक्कली मतपत्र भेटिएको छ । पैसा बाँडेको छ । बुथ कब्जा भएको छ, कसरी उपनिर्वाचन शान्तिपूर्ण भयो ? सत्ताको लाठी र बन्दुकको बलमा घरबाट बाहिर पनि निस्कन दिइएन,’ उनले भने ।