आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने

आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने



काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।

त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची रहेकाे छ ।