कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी



काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।

कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको बताइएकाे छ । वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन ।

उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो । कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।

पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने भएको छ ।