रियाशाले दिइन् ‘ब्याचलर पार्टी’

रियाशाले दिइन् ‘ब्याचलर पार्टी’



काठमाडौं । कलाकार रियाशा दाहालले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेकी छन् । विवाह गर्न लागेकी उनले शनिबार केही नजिकका साथीलाई काठमाडौंको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ब्याचलर पार्टी’ समेत दिइसकेकी छन् । ‘ब्याचलर पार्टी’ मा उनका नजिकका साथीभाईको सहभागिता रहेको थियो । ‘ब्याचलर पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् ।

दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्न लागेकी हुन् । भिक्टर र उनको विवाह वैशाख २० गते काठमाडौँमा एकपार्टी प्यालेसमा आयोजना हुँदैछ । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।