माओवादी केन्द्रले बालुवाटारमा बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले बालुवाटारमा बोलायो पदाधिकारी बैठक



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधमानमन्त्रीको सरकारी निवास बालुवाटामा बोलाइएको छ ।

बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बोलाइन्थ्यो ।

बालुवाटारमै बस्नेगरी बोलाइएको यो पहिलो बैठक हो । पदाधिकारी बैठक बालुवाटारमै बोलाउनुपर्नाको कारणबारे भने माओवादी नेताहरुले अनविज्ञता जनाएका छन् ।