सरकारबारे निर्णय लिन रास्वपा बैठक जारी

सरकारबारे निर्णय लिन रास्वपा बैठक जारी



काठमाडौं । सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ । सरकारलाई समर्थन गरिरहेको रास्वपाको ठोस निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा चलिरहेकाे हाे । ​

आजको संयुक्त बेठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे आवश्यक निर्णय गर्ने बताइएकाे छ । पार्टीभित्र पनि सरकारमा जानुपर्ने र बाहिरै बस्नुपर्नेमा मत बाझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले भने लामिछानेलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइएको बताइएकाे छ । यसै दोधारका बीच रास्वपालाई एउटा निर्णयमा पुग्न दबाब परेको छ ।

सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गएको केही समयमा रास्वपाले मन्त्री पनि फिर्ता बोलाएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायम राखिरहेको छ ।