मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

रिजालले गत निर्वाचनमा चुनाव लड्न पार्टीबाट टिकट पाएका थिएनन् । महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।