सांसद पदमा पुनर्बहाली माग गर्दै ढाकाकुमारको सर्वोच्चमा रिट

सांसद पदमा पुनर्बहाली माग गर्दै ढाकाकुमारको सर्वोच्चमा रिट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिले कारवाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको छ ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारवाही गरेको थियो । उक्त कारवाहीका आधारमा सभामुखले उनको सांसद पद खारेज गरिदएका थिए ।