नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्छ : योगेश भट्टराई

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्छ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

राजनीतिक दबाबमा बयान फेर्ने प्रयास नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘जोसुकै उच्च तहको मान्छे होस्, त्यसमा मुछिएको छ भने ऊ कारबाहीको भागीदार हुन्छ ।’

सांसद भट्टराईले त्यसो भन्दै गर्दा पत्रकारले उनलाई त्यसो भए तपाईंहरुकै पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो त उहाँलाई नै सोध्नुस् । मेरो खोज्ने जिम्मा छ । मलाई राज्यले त्यो जिम्मेवारी दिएको छ । तपाईंहरुको चाहिँ दायित्व होइन ? तपाईंहरु नै खोज्नुस् न । त्योस्तरको कुरा मलाई नसोध्नुस् ।’